युवा नेतृत्व शक्तिबाट मधेसको विकास र समृद्धि सम्भवः मन्त्री सिंह
![युवा नेतृत्व शक्तिबाट मधेसको विकास र समृद्धि सम्भवः मन्त्री सिंह](https://npcdn.ratopati.com/media/news/409587445_6572953036150146_8535649818048840536_n_9gn2RtuBqK.jpg)
जनकपुरधाम । मधेस प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय हुने भएको छ । बाराको कलैयाबाट यातायात सम्बन्धित सबै कार्य पूर्णतया संचालनमा आएको श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले जानकारी दिए । उनका अनुसार कलैयामा कार्यालय उदघाटन सम्पन्न भइसकेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुर स्थित संचालनमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै यातायात मन्त्री सिंहले संघीयता मधेश र मधेशीको विकासको लागि रहेको भन्दै संघीयताबाट नै युवा नेतृत्व शक्तिबाट मधेशको विकास र समृद्धि सम्भव रहेको बताए ।
समाजको विसंगति, विकृत्तिलाई समाप्त पार्दै विकासको गतिमा लैजानु राजनीतिको मुख्य उद्देश्य रहेको र यो संघीयता भएमात्रै यो सम्भव हुने भन्दै मन्त्री सिंहले संघीयताको विरोध गर्नेहरुले संघीयताको मुलमर्म बुझ्नु आवश्यक रहेको बताए ।
यस्तै मन्त्री सिंहले प्रदेशमा अटोमेटिक ट्रयाल सेन्टर सञ्चालन गर्ने पनि बताएका छन् । केही दिन पहिले नयाँ दिल्लीस्थित अटोम्याटिक ट्रयाल सेन्टरको निरीक्षण गरेका उनले मधेसमा पनि अटोमेटिक ट्रयाल सेन्टर निर्माणमा लागिपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार