टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु
बिहीबार, २८ मङ्सिर २०८०, १५ : ४१

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्ने भएको छ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ०% ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरि जम्मा रु.१,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् । टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा