नयाँ प्रिपेड सिमकार्ड चलाउँदा पाइने नि:शुल्क सुविधा थप, १०० मिनेट भ्वाइस कल

काठमाडौँ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।
टेलिकमका अनुसार हाल रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।
यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने प्रवक्ता शाभन अधिकारीले जानकारी दिए । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।
यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।
नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।
यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने अधिकारीको भनाइ छ ।
त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।
यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए