लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरव्यैक्तिक सञ्चार विभाग स्थापना

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सेवाग्राहीमैत्री स्वास्थ्य उपचार तथा सकारात्मक सन्देश दिनेगरी नयाँ अभ्यासको सुरुवात गरेको छ ।
अस्पतालमा आउने सेवाग्राहीलाई चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुबाट सकारात्मक र रचनात्मक व्यवहारसहित स्वागत गर्ने संस्कारको विकासका लागि अन्तरव्यैक्तिक सञ्चार विभाग (डिपार्टमेन्टल अफ इन्टरपर्सनल कम्युनिकेशन सेन्टर) स्थापना गरिएको हो ।
सरकारी तथा नीजी अस्पतालहरुमै नयाँ अभ्यासको रुपमा रहेको यो विभागमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुबिच आन्तरिक समस्याहरुको सञ्चार तथा समन्वय गर्नुका साथै सेवाग्राहीप्रति प्रेमपूर्ण व्यवहारको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विभागको बिहीबार औपचारिक उद्घाटन गर्दै अस्पतालका स्टाफनर्स विभागकी प्रमुख ज्योती पौडेलले अस्पताल परिवारमा नयाँ उत्साह प्राप्त भएको बताइन् । अब यो विभागमाफर्त अस्पतालमा कार्यरत परिवारको आन्तरिक समस्याको समाधान, सेवाग्राहीसँग गरिने व्यवहारमा सुधार तथा अस्पतालमा सेवालिन आउनेहरुको गुनासोलाई उपयुक्त ढंगले समाधान गर्न सकिने बताइन् ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले नयाँ अभ्यासको रुपमा सुरु गरिएको विभागले सेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्ने उनले बताए ।
अस्पतालका सुरक्षाकर्मीदेखि उपचारमा संलग्न चिकित्सक तथा विभिन्न तह र विभागका स्वास्थ्यकर्मी वा कर्मचारीलाई बिरामीप्रति गरिने व्यवहारबारे प्रशिक्षित गरिने जनाइएको छ ।
डिपार्टमेन्ट अफ इन्तरपर्सनल कम्युनिकेशनकी प्रमुख माधुरी ज्ञवालीले सेवाग्राहीको गुनासोलाई सुनेर सही ढङ्गले व्यवस्थापन सहयोग पुग्ने बताइन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. श्रीधर आचार्यले मुलुकमै नयाँ सोचकासाथ ल्याइएको यो अवधारणाले स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ सन्देश प्रभाह गर्ने विश्वास व्यक्त गरे ।
दैनिक २ हजार ५ सय बढी उपचारका लागि आउने अस्पतालमा ७ सय स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो आर्थिक वर्ष अस्पतालमा ३ लाख २ हजार ६९६ जनाले बहिरंग स्वास्थ्य सेवा लिएका थिए भने आकस्मिक कक्षतर्फ ६७ हजार ५६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा आम चुनावको उत्साह, यस्तो छ जनमत सर्वेक्षणमा यस्तो देखियो रुझान
-
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
-
राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
-
राजावादी आन्दोलनमा झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच
-
केपी ओली नर्कमा गए, उनलाई उल्टो गुरु मान्नुपर्छ : प्रचण्ड
-
राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड