राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले हस्तकला व्यवसायीहरुलाई सरकार सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।
‘नेपाली हस्तकला क्षेत्रले हस्तकला बस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवम् गरिमालाई उच्च राख्न पुर्याएको योगदान प्रशंसनीय छ’ उनले भने, ‘हस्तकला क्षेत्रले नेपालको आर्थिक र समाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनमा हस्तकला वस्तुहरुको उल्लेखनीय योगदान रहेको छ । सरकार हस्तकला उद्योग व्यवसायीहरुलाई सहयोग गर्न प्रतिवद्ध छ ।’
मन्त्री रिजालले हस्तकलाका वस्तुहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए । उनले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे ।
उनले भने, ‘नेपाल सरकारले हालै स्वीकृत गरिएको नेपाल व्यापार रणनीति २०८०ले हस्तकलाका सामग्रीहरुलाई उदयमान वस्तुहरु तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको छ ।’
उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीहरुलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती
-
मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा
-
प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्छ : मन्त्री दाहाल
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड
-
मुसामा पनि भेटियो बर्ड फ्लू
-
खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक