फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

ललितपुर । फोनपेले आफ्नो सञ्चालित समितिको अध्यक्षको रूपमा सशीन जोशीलाई नियुक्त गरेको छ । जोशीले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिई पदावलीसमेत गरेका छन् ।
यस अघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध थिए । जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित थिए । करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पी एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो | फोनपेले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पी टु पी) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पी टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक