अटो पाइलटमा त्रुटि देखिएपछि टेस्ला कम्पनीले २० लाख थान कार फिर्ता गर्दै

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा आफ्ना २० लाख थान भन्दा धेरै कार फिर्ता गर्ने भएको छ । अमेरिकी नियामकहरूले कार जडित चालक सहायता प्रणाली अटो पाइलटमा आंशिक त्रुटि भेट्टाएपछि सो सङ्ख्यामा कार फिर्ता बोलाउन लागिएको हो ।
अटो पाइलट प्रयोग भइरहेको समयमा कार दूघर्टनामा परेका घटनाहरूमाथि २ वर्षसम्म छानबिन र जाँचपड्ताल गरिएको थियो । यस क्रममा अटो पाइलटले काम नगरेको पाइयो । कम्पनीले सन् २०१५ मा अमेरिकामा अटो पाइलट फिचर लन्च गरेयता बेचेका सबै टेस्ला कारलाई फिर्ता बोलाउन लागेको हो ।
यो समस्या समाधानका लागि कम्पनीले सफ्टवेयर अपडेट गर्ने टेस्लाका मालिक एलन मस्कले भनेका छन् । अपडेट स्वतः हुने तर कार डिलर वा ग्यारेजमा ल्याउन जरुरी नभए पनि अमेरिकी नियामकहरूले कार फिर्ता नै बोलाउनु भनेकोले फिर्ता बोलाइएको बताइएको छ ।
अटो पाइलट स्टियरिङ, एक्सिलरेशन र ब्रेकमा सघाउनका लागि बनाइएको हो । अटो पाइलट अन हुँदा चालक कारभित्रै बसेर कारलाई चलाउनु पर्छ । टेस्लाका एक पूर्व कर्मचारीले अटो पाइलट फिचर सुरक्षित नभएको बीबीसीलाई बताएको एकहप्ता नबित्दै कार फिर्ता बोलाइने खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक
-
हत्कडीसहित अभियुक्त फरार
-
शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता, आन्दोलनस्थलमै जाने
-
राप्रपा नेपालको सोमबारको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजावादीहरु एउटै मञ्चमा हुने
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत