चोरीको आइफोन चलाउन सम्भव नहुने विशेष फिचर ल्याउँदै एप्पल

काठमाडौँ । आइफोनको लोकप्रियता कसैबाट लुकेको छैन । एप्पल कम्पनीले आफ्नो डिभाइसमा कयौँ नवीनता ल्याएको छ, जसलाई प्रयोगकर्ताले रुचाइरहेका छन् ।
अब एप्पलले एउटा नयाँ फिचर ल्याउँदै छ,जसको मद्दतबाट आइफोनको चोरी निरुत्साहित गर्न सक्छ । यस फिचरको नाम ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ हो ।
एप्पलले आइफोन प्रयोगकर्ताका लागि ‘आइओएस’को नयाँ संस्करण ल्याउँदैछ । यसमा ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ फिचर रहने छ । जसले गर्दा कसैले आइफोन चोरेको खण्डमा समेत त्यसलाई सजिलै ‘अनलक’ गर्न सक्दैन ।
चोरी भएको आइफोन कसैले पासकोडका माध्यमबाट ‘अनलक’ गरिहालेको खण्डमा समेत फोनबाट कुनै डेटामा हेरफेर गर्न नसक्ने कम्पनीको दाबी छ ।
आइफोन चोरी हुनबाट बचाउने र आवश्यक डेटा सुरक्षित राख्नका लागि ‘स्टोलेन डिभाइस प्रोटेक्सन’ फिचर आफैँ अन हुने जनाइएको छ । कम्पनीका अनुसार सम्बन्धित प्रयोगकर्ता कहिल्यै नपुगेको लोकेसनमा आइफोन पुग्नासाथ उक्त फिचर आफैँ ‘अन’ हुने र प्रयोगकर्ताले उक्त डिभाइस प्रयोग गर्नका लागि ‘अथेन्टिकेट’ गर्नुपर्ने हुन्छ ।
‘अथेन्टिकेट’का रुपमा पासकोड र फेस आइडी प्रयोग गर्नुपर्ने हुन्छ । एप्पल आइडी परिवर्तन गर्न वा ‘फ्याक्ट्री रिसेट’ गर्नका लागि पासकोड र फेस आइडी अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ, जो चोरीको मोबाइल प्रयोगकर्ताबाट सम्भव हुँदैन ।
नयाँ लोकेसनमा पुगेको आइफोन एक पटक ‘फेस अथेन्टिकेट’ फेल भएपछि फेरि त्यो फिचर खुल्न एक घण्टा कुर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्