भारतीय ओटीटी एमएक्स प्लेयरमा ‘परस्त्री’ रिलिज

काठमाडौँ । केही अगाडी सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ भारतको ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा पनि रिलिज भएको छ । बिहीबारबाट रिलिज भएको फिल्म संसारभरबाट हेर्न सकिन्छ । एमएक्स प्लेयर भारतबाट सन्चालित ओटीटी मध्ये उत्कृष्ट ५ भित्र पर्छ । ‘परस्त्री’ को हिन्दी भर्सन एमएक्स प्लेयरमा रिलिज गरिएको निर्माता शर्मिला पाण्डेले बताइन् ।
‘भारतको पपुलर ओटीटी एमएक्स प्लेयरमा नेपाली फिल्म ‘परस्त्री’ रिलिज हुनु भनेको नेपालका लागि गौरवको कुरो हो’, पाण्डेले भनिन् ‘यसमा नेपाली फिल्म रिलिज हुनु भनेको संसारभर पुग्नु हो ।’ राम्रै शेयरिङमा फिल्म यो योटीटीमा रिलिज गरेको शर्मिलाले बताइन् ।
सुरज पाण्डे निर्देशित फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा निर्माण भएको हो । सार्वजनिक प्रदर्शन समय यो फिल्म भारतमा हिन्दी र नेपालमा नेपाली भाषामा रिलिज भएको थियो ।
शिल्पा मास्के, गौरव विष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय रहेको फिल्म शर्मिला पाण्डे र दीपेन्द्र के खनालले मिलेर बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरिस पुगेर पर्यटनमन्त्री पाण्डेलेले दिए फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म