१७ वर्षीय मिडफिल्डर वारेनको गोलले पीएसजी नकआउट चरणमा

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई १–१ गोलको बराबरीमा रोक्दै पीएसजी नकआउट चरणमा पुगेको हो ।
१७ वर्षीय मिडफिल्डर वारेन जाइरे इमरीको गोलका कारण पीएसजीको नकआउट यात्रा सम्भव भएको थियो । पीएसजी प्रभावशाली इङ्लिस प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेड र इटालियन प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पार्दै समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ६ मिनेटको बिचमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलमा अग्रता भने बोरुसिया डर्टमन्डले लिएको थियो । डर्टमन्डका लागि करिम एडिमीले गोल गरेका थिए ।
यसैगरी निर्धारित समयको ५६औँ मिनेटमा पीएसजीका लागि वारेन जाइरे इमरीले जवाफी गोल गरेका थिए । सोही समूहको अर्को खेलमा एसी मिलानले न्युक्यासलाई २—१ गोलले हराएपछि पीएसजीको नकआउट चरण यात्रा थप सहज बनेको थियो ।
समूह ‘एफ’ मा चारवटै क्लबले ६–६ खेल खेलिसक्दा ११ अंकसहित बोरुसिया लिग लिडरका रुपमा नकआउट चरणमा पुग्यो । तालिकामा दोस्रो भएको पीएसजीले आठ अंक बटुल्यो । एसी मिलानको आठ अंक भए पनि गोलअन्तरमा पीएसजीसँग पछाडि परेको थियो । न्युक्यासलले भने पाँच अंकमात्र बटुल्न सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म