शतप्रतिशत जितका साथ म्यानचेस्टर सिटी अन्तिम १६ मा

काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
समूह ‘जी’मा सिटीले ६ खेलबाट १८ अङ्क बनाएको हो । सिटीलाई जिताउनका लागि मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक ÷एक गोल गरे । रेडस्टारका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक-एक गोल फर्काए ।
१९ औँ मिनेटमा ह्यामिल्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६२ औँ मिनेटमा ओस्करले अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा रेटस्टारका हाङले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर, ८५ औँ मिनेटमा फिलिप्सले पेनाल्टीमा गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो ।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलेक्जेन्डरले गोल फर्काए पनि अन्ततः सिटी ३–२ गोल अन्तरले विजयी भयो । यस्तै यही समूहमा रहेका आरबी लाइपजिङले योङ ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै लाइपजिङको १२ अङ्क भएको छ । उसले पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध