जनप्रगतिशील मञ्च जापानको अधिवेशन आगामी जनवरी २८ मा हुने
टोकियो । प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान ज्ञान सिप र पुँजीको लगानीसहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन राजधानी टोकियोमा हुने भएको छ । मञ्चको तयारी बैठक बसी ,जनवरी २८ तारिखका दिन अधिवेशन गर्ने निर्णय गरिएको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।
जनप्रगतिशील मञ्च जापानले भर्खरै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग सङ्कलन गरी नेपाल पठाएको थियो । नेपालमा आई पर्ने यस्ता खाले विपतहरुमा हातेमालो गर्नका लागि पनि प्रवासमा यस्ता संस्थाहरुको खाँचो रहेको मञ्चका अध्यक्ष भवानी पन्त बत्ताउँछन् । मञ्चले यसै कार्यकाल भित्र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जापान घुम्ने अवसर मिलाएको थियो ।
मञ्चले क्षेत्रीय अधिवेशन समेत गरिसकेको छ भने आगामी जनवरीमा हुने अधिवेशनको प्रचारलाई तीव्रता दिँदै तयारी थालेको छ । यो अधिवेशनले आगामी दुई बर्से कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
-
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा