नेपाल सुपर लिगमा आज चितवन र धनगढी भिड्दै

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो। वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लिएको थियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।
तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बरारीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जीतसँगै वीरगञ्जको पाँच खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’मा राजेश हमालको स्ट्यान्ड अप कमेडी
-
होली पर्व पारेर फिल्म ‘कुम्भ’ निर्माण घोषणा
-
नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम