‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’
_Tyql8mzuxf.jpg)
सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन् । राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताए ।
उनले भने, “राप्रपा पछाडि फर्किने पनि होइन,पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उनले देशलाई कमजोर अवस्थामा पुर्याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए ।
राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गरे । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा गरियो