प्यालेस्टिनीहरूका लागि सन्देशसहितको जुत्तामा आईसीसीको प्रतिबन्ध, ख्वाजाले विरोध गर्ने

सिड्नी । अस्ट्रेलियाका क्रिकेटर उस्मान ख्वाजाले प्यालेस्टाइन समर्थक सन्देश भएको जुत्ता लगाउन नदिने निर्णयको आफू सम्मान गरेको बताएका छन् । तर उनले आईसीसीको यो निर्णयको ‘विरोध’ गर्ने पनि बताए छन् ।
उस्मान ख्वाजाले पाकिस्तानविरुद्धको पहिलो क्रिकेट टेस्ट म्याचमा ‘जीवन सबैका लागि समान’ र ‘स्वतन्त्रता मानव अधिकार हो’ भन्ने शब्द लेखिएको जुत्ता लगाउने योजना बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसलाई राजनीतिक बयान भन्दै सन्देशसहित जुत्ता लगाउन अनुमति दिएको छैन।
भिडियो सार्वजनिक गर्दै ख्वाजाले आफू मानवीय अपिल जारी गर्न चाहेको बताए । यस भावनात्मक भिडियोमा ३६ वर्षीय क्रिकेटरले भने, ‘म आईसीसीको दृष्टिकोण र निर्णयको सम्मान गर्छु तर म यसको विरोध गर्नेछु र सन्देश सहित जुत्ता लगाउन स्वीकृति माग्नेछु।’
आईसीसीको नियम अनुसार ख्वाजाले अनुमोदन नगरिएको सन्देशसहित जुत्ता लगाएर मैदान प्रवेश गरेमा उनलाई खेल्नबाट रोक लगाउन सकिनेछ । तर अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ख्वाजाले त्यसो नगर्ने बताएका छन् ।
उस्मान ख्वाजाले पर्थमा पाकिस्तान विरुद्धको टेस्ट म्याच अघि प्रशिक्षणका क्रममा सन्देशसहितको जुत्ता लगाएका थिए । विगतमा पनि उनले गाजाका आम जनताको समर्थनमा सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा