रियलमीको इयरबड्सहरु बजारमा, कति पर्छ मूल्य ?
काठमाडौँ । शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई उत्कृष्ट इयरबडहरू बजारमा ल्याएको छ । आकर्षक मुल्य र उत्तिकै आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० अन्य इयरबडहरु भन्दा भिन्न छन् । हाम्रा ग्राहकहरुले धेरै खर्च नगरी नै उत्कृष्ट अडियोको अनुभव पाउन भन्नको लागि हामीले यी इयरबडहरु बजारमा ल्याएका हौँ ।”
संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको कम्पनीको भनाइ छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको सो बडमा आफूलाई मनपर्ने गीतहरु आरामसँग सुन्न सकिनेछ ।
रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ । रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिने कम्पनीको भनाइ छ ।
४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ । रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ । रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ ।
ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ ।
यसैगरी कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको र जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिने कम्पनीको भनाइ छ । ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको जनाइएको छ ।
स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि १०० को मूल्य रु.३९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्