मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत
![मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत](https://npcdn.ratopati.com/media/news/muktinath-krishi_yW4AWvsEBo.jpg)
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन लागेको छ । कम्पनी मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा सक्रिय रहँदै आएको छ ।
कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ ।
स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरिसकेको छ ।
कृषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा ल्याउन योगदान र सहयोग गरेका कम्पनी व्यवस्थापन समूह, नियमक निकायहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, लगायत सम्पूर्ण शुभेच्छुकहरुमा कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
-
फागुन महिनामा कुन बैंकबाट कति पाइन्छ ब्याज ?
-
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-
बागमती प्रदेश सभा : एउटा कानुन बनाउन डेढ करोडभन्दा बढी खर्च
-
क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा
-
कटहरिया स्थित एक वर्कसपमा आगलागी