शेखर—गगन समूहमा कुनै फाटो आएको छैन : नेता केसी
बुधबार, २७ मङ्सिर २०८०, १८ : ०९

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् ।
बुधवार काठमाडौँमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए ।
नेता केसीले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचार बिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए ।
नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध १० लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
-
संविधान र गणतन्त्रमाथि खतरा कि प्रहार ?
-
बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य
-
हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक
-
विराट कोहली नायक बनेको खेलमा बेंगलुरु सात विकेटले विजयी
-
रिहा भएपछि लिङदेनले भने - आन्दोलन निरन्तर चल्छ