लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का २४ वर्षीया युनिशा लिम्बु अवैध लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरूलाई डेरा कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उता रूपन्देहीको कोटहीमाई गाउँपालिका-३ मुर्दहियाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका-७ पर्सहवा बस्ने २३ वर्षीय अजय अग्रहरीसमेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७९ प ५१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजेपाम ६८ एम्पुल र नाईट्रोभेट ४३ ट्यावलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
-
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते
-
वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
-
झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीकाे प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?