गगन थापासँग एजेन्डामा हाम्रो भिन्नता छैन : कोइराला
बुधबार, २७ मङ्सिर २०८०, १६ : ५७

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापा पक्षसँग एजेन्डामा कुनै फरक नरहेको बताएका छन् । बुधवार शेखर –गगन समूहको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले सञ्चारमाध्यमहरूले बढाइचढाइ गरे पनि एजेन्डामा थापा समूहका नेताहरूबिच कुनै भिन्नता नरहेको बताएका हुन् ।
‘एजेन्डामा कुनै पनि डिफिरेन्स छैन हाम्रो । एजेन्डामा महामन्त्री र मेरोबिच एक इन्च पनि फरक छैन’, कोइरालाको भनाइ छ ।
उनले बरु कांग्रेस र देश ठिक ढङ्गले नचलेको बताए । ‘नेपाली कांग्रेस ठिक ढङ्गले चलिरहेको छैन, देश ठिक ढङ्गले चलिरहेको छैन । हाम्रो समूह ठिक ढङ्गले चलेको छ’, कोइरालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा