बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

२०२३ मा एक्सको विज्ञापन आम्दानी अढाई अर्ब डलरमा खुम्चिने

बुधबार, २७ मङ्सिर २०८०, १४ : ५१
बुधबार, २७ मङ्सिर २०८०

क्यालिफोनिर्या । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सको यस वर्षको विज्ञापन आम्दानी साढे २ अर्ब डलर आसपासमा सीमित रहने अनुमान गरिएको छ । गएको महिना एक्सका मालिक एलन मस्कले यहुदीहरुविरुद्ध अभिव्यक्ति दिएपछि कमकाष्ट, वाल्ट डिज्नीलगायत कयौं कम्पनीहरुले एक्सबाट विज्ञापन झिकेका थिए ।

सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिदेखि सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिसम्मको एक वर्षमा कम्पनीको कूल विज्ञापन आम्दानी ४ अर्ब ७० करोड डलर थियो । तर यो वर्षको पहिलो तीन त्रैमासमध्ये हरेकमा कम्पनीले ६० करोड डलरभन्दा अलि बढी मात्रै विज्ञापनबाट कमाएको छ । चालु आवमा पनि कम्पनीको प्रदर्शन उस्तै हुने देखिएको कम्पनी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ ।

सन् २०२२ को अक्टोबरमा मस्कले कम्पनी किनेयता कम्पनीको विज्ञापनबाट हुने आम्दानी हरेक महिना गत वर्षको सोही अवधिको तुलनामा कम्तीमा पनि ५५ प्रतिशतले घटेको थर्ड पार्टी डेटाले देखाएको छ । 

एक्सको कूल आम्दानीमा विज्ञापन आम्दानी ७० देखि ७५ प्रतिसतबिच रहने गरेको छ । यो वर्ष विज्ञापन र सब्सक्रिप्शनबाट ३ अर्ब डलर कमाउने कम्पनीका कार्यकारीहरुको लक्ष्य छ । तर अहिलेसम्मको आकडा हेर्दा यो लक्ष्य पूरा हुनेमा आशंका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप