झडपको आशंकामा वीरगन्ज महानगरमा प्रहरी परिचालन, तस्बिरहरु

पर्सा । झडपको आशंकामा वीरगन्ज महानगरपालिकामा प्रहरी परिचालन गरिएको छ । वीरगन्ज महानगरपालिकामा पञ्जिकरणा शाखाको विषयमा विवाद हुँदा झडप सिर्जना हुनसक्ने आशंकामा प्रहरी परिचालन गरिएको हो ।
बुधबार बिहानदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
यस्तै महानगर प्रमुख राजेशमा सिंह र उपप्रमुख ईम्तियाज आलमका सर्मथकहरुको पनि उपस्थित रहेको छ ।
यसअघि उपप्रमुख आलमको कार्यकक्षसँगै रहेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको कार्यकक्ष महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्ष नजिक सारेपछि विवादको सुरुवात भएको थियो ।
उपप्रमुख आलमले महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफूलाई जानकारी नगराई कार्यकक्ष अन्यत्र सारिएको आरोप लगाएका छन् । तर नगरप्रमुख राजेशमान सिंहले भने पञ्जिकरण शाखा साँघुरो भएकोले पुरानो प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा सारिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह