बारामा पाँच हजार आठसय हेक्टरमा मकैखेती

कलैया । बारामा यसवर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खाद्यान्य बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । तीन प्रकारका बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ थियो ।
मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताए । मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् ।
गत वर्ष विभिन्न जातका हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका कृषिप्रसार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु