मध्य प्रदेशका मुख्यमन्त्री विजय यादवले लिए शपथ

काठमाडौँ । हालै सम्पन्न विधान सभा चुनावमा विजयी भएका भारतीय जनता पार्टीका नेता डा.विजय यादवले आज मध्य प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् ।
चार पटक मुख्यमन्त्री सकेका शिवराज सिंह चौहानलाई पछाडि पार्दै नेता यादवले मुख्य मन्त्रीमा बाजी मारेका हुन् । मुख्य मन्त्रीका लागि चौहानले पनि दावी गरेका थिए ।
आरएसएसका निकटस्थ मानिने नेता यादवलाई आज मध्ये प्रदेशका राज्यपाल मंगुभाइ पटेलले शपथ ग्रहण गराएका छन् । सो क्रममा राजेन्द्र शुक्ला र जगदीश देवडाले उपमुख्यमन्त्री पदमा शपथ लिए ।
शपथ ग्रहण कार्यक्रम भारतीय ्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित थिए । त्यस्तै गृहमन्त्री अमित शाह, भाजपाका अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्री नितिन गडकरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थिति थियो ।
गत महिना सम्पन्न विधान सभा चुनावमा भाजपाले मध्यप्रदेशको २३० सीटमध्ये १६३ हात पारेको छ । मुख्यमन्त्री यादवले सन् २०१३, २०१८ मा पनि विधानसभाको चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड