नेप्से सूचक २ हजार अंकमा उक्लियो
काठमाडौँ । लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।
केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । योसँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अंकमाथिको वृद्धि गर्दै २ हजार अंक माथिको विन्दु चुमेको हो ।
मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अंकको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अंकको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अंकमाथिले बढेको नेप्से सूचक बुधवार (समाचार तयार पार्दासम्म) थप २४ अंकले बढ्दै २००९ अंकमा उक्लिएको छ ।
यस्तै यता कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
त्यसो त मौद्रिक नीतिपछि बुधवार पत्रकारहरूसँग छलफलमा बसेका अर्थमन्त्री डा.प्रकाशशरण महतले लचक मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिसकेको र अब अर्थतन्त्रको अरू क्षेत्रहरू समेत क्रमशः सुधार हुँदै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनीले एआई फिचर ल्याउँदा ल्याउँदै पनि किन घट्यो आइफोनको विक्री ?
-
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एनसेल र क्यानबिच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य
-
हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई
-
यसपालि हिउँदमा भएन वर्षा, कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)