शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीको अमेरिका भ्रमण : हात लाग्यो शून्य

बुधबार, २७ मङ्सिर २०८०, १२ : ३५
बुधबार, २७ मङ्सिर २०८०

वासिङ्टन । भ्लोदोमिर जेलेन्सीको मंगलबार भएको वासिङ्टनको तेस्रो भ्रमण हतासाले प्रेरित थियो । हालको सहयोग रकम सकिनअघि नै अमेरिकी संसद्बाट थप सैन्य सहयोग सुनिश्चित गराउने उनको यो अन्तिम प्रयास थियो ।

युक्रेनका राष्ट्रपति यति बेला निकै अत्तालिएका छन् किनभने उनको राष्ट्रको भविष्य अमेरिकी सहयोगमा निर्भर छ । उनका अमेरिकी समकक्षी जो बाइडेन पनि सकसमा छन् किनभने उनी युक्रेनको युद्धलाई प्रजातन्त्र र निरंकुशतन्त्रबिचको लडाइँको रूपमा हेर्छन् । तर, मंगलबारको अन्त्यमा दुवै नेताले आफ्नो प्रयासको प्रतिफल देखाउने कुनै उल्लेख्य कुरा थिएन । 

गत वर्ष वासिङ्टन आउँदा जेलेन्स्कीलाई अमेरिकी संसद्को दुवै सदनको संयुक्त बैठकले तालीको गडगडाहटले स्वागत गरेको थियो । ह्वाइट हाउसमा रेड कार्पेट बिछ्याइएको थियो । लगत्तै अमेरिकाले रुसविरुद्ध लड्नका लागि ५० अर्ब डलर बराबरको सहयता घोषणा गरेको थियो ।
यसपटक भने परिस्थिति फरक रह्यो । 

उनले अमेरिकी सांसदहरूसँग बन्द कोठामा छलफल गरे । उनले रिपब्लिकन सभामुख माइक जोनसनसँग भेटवार्ता गरे पनि जोनसनले उनीसँग सार्वजनिक रूपमा तस्बिर समेत खिच्न इच्छा देखाएनन् । ह्वाइट हाउसमा स्वागत गर्दा पनि पहिलेजस्तो तामझाम केही थिएन ।

 जेलेन्स्की आधा विश्वको यात्रा गरेर युक्रेनका लागि थप सैन्य सहयता सुनिश्चित गर्न अमेरिका पुगेका थिए । तर, अमेरिकामा अवस्था केही पनि सुधार हुन सकेन ।

अमेरिकाको आप्रवासी नीतिको विषयमा जारी घरेलु विवादको चपेटामा युक्रेनका लागि थप आर्थिक सहयोग परेको छ । मंगलबार बिहान जेलेन्स्कीसँग भेटेपछि रिपब्लिकन सेनेटरहरूले युक्रेनको अवस्थाप्रति सहानुभूति राखे पनि अमेरिकाको सीमाको समस्या देशको सुरक्षाका लागि प्राथमिकताको विषय भएको जिकिर गरे । रिपब्लिकन सांसद लिन्डसे ग्राहमले त जेलेन्स्कीले आफ्नो सोच परिवर्तन गर्न नसकेको स्पष्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप