‘दिमाग खराब’ लिएर सिड्नी पुगिन् स्वस्तिमा

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ । गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ : भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ ।
उनी भने यतिबेला अस्ट्रेलियाको सिड्नी पुगेकी छन् । फिल्म ‘दिमाग खराब’ लिएर उनी त्यहाँ पुगेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा फिल्मको शो भइरहेको छ । त्यसमा उनी सहभागी हुने, दर्शक प्रतिक्रिया बुझ्ने गरिरहेकी छन् । उनको साथमा फिल्मका निर्देशक तथा पति निश्चल बस्नेत समेत छन् ।
अस्ट्रेलियामा आफूले इन्जोय गरिरहेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । हालै उनले सिड्नीबाट पिंक रङ्गको पहिरन लगाएर खिचाएको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी निकै खुसी र खुलेकी देख्न सकिन्छ ।
‘दिमाग खराब’ मा स्वस्तिमाको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बरालको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक