आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।
आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।
उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद