मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

एनिमलको कमाई नेपालमा कति ?

बुधबार, २७ मङ्सिर २०८०, ११ : १२
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ एकपछि अर्को रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ । फिल्मले ११ औँ दिन अर्थात सोमबार पनि २० करोड ५२ लाख रुपैयाँ  कमाएको छ । यसको साथसाथै फिल्मको  वल्र्डवाइड कलेक्सन ७३७.९८ करोड कमाएको छ ।

फिल्म अहिले वल्र्डवाइड धेरै कलेक्सन गर्ने हिन्दी फिल्ममा ७ औँ फिल्म बनेको छ । फिल्मले यस अगाडि ‘गदर–२’ को रेकर्ड तोडिसकेको छ ।

नेपालमा पनि फिल्म रिलिजको दिन देखिनै राम्रो व्यवसाय गरेको देखिएको छ । नेपालमा मल्टिप्लेस हलले यस फिल्मका लागि राम्रो शो उपलब्ध गराएका छन् । वल्र्डवाइड कलेक्सन सार्वजनिक भइरहँदा नेपालमा पनि एनिमलले १० करोड बढीको व्यवसाय गरिसकेको चर्चा छ । नेपालमा ‘एनिमल’ले कमायो कति ?

एनिमल फिल्मका नेपाल वितरक मनोज राठीले नेपालमा फिल्मले राम्रो व्यवसाय गरेको बताए । ‘फिल्मको व्यवसाय  देशभर राम्रो देखिएको छ । तर कति कमायो हिसाब किताब गर्न बाँकी छ । अहिले भन्न सकिन्न’, राठीले थपे ‘ ‘केही दिनमै सबै हिसाब किताब गरेर नेपालको कमाई सार्वजनिक गर्नेछु ।’

देशभरका हलको आम्दानीको एकमुष्ट सजिलै हिसाब निस्कने भनेको चलचित्र विकास बोर्डको बक्स अफिसबाट हो । तर यो फिल्मको हिसाब बक्स अफिसले नदेखाउने विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी ‘पीडित’ले बताए । ‘विभिन्न प्राविधिक अपडेट गर्ने भनेर बक्स अफिस केही समयदेखि कन्स्ट्रक्सन छ’, बुढाथोकीले भने ‘हामी छिटो भन्दा छिटो पुरा गर्ने तयारीमा रहेका छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप