सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु
बुधबार, २७ मङ्सिर २०८०, १० : २७

सिरहा । सिरहाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र