पवन प्रकृति स्कुलले जित्यो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड
बुधबार, २७ मङ्सिर २०८०, ०९ : ५३

काठमाडौँ । पवन प्रकृति स्कुलले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । नगरभित्र रहेका ३२ विद्यालयका एक हजार चार सय ५० विद्यार्थी सहभागी उक्त प्रतियोगिता मंसिर २४ गते सुरु भएको थियो ।
प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश गरिएको थियो । विजयी पवन प्रकृति स्कुल ६ स्वर्ण, तीन रजत र आठ कांस्यसहित च्याम्पियन बनेको हो । उक्त प्रतियोगितामा महालक्ष्मी मावि दोस्रो भयो ।
यसैगरी सिद्धिमंगल मावि तेस्रो स्थानमा रहन सफल भयो । विजयी टोली र खेलाडीलाई संघीय सांसद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय