वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हरायो
बुधबार, २७ मङ्सिर २०८०, ०९ : ४३

ब्रिजटाउन । पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य वेस्ट इन्डिजले १८.१ ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।
वेस्ट इन्डिजलाई जीत दिलाउन साई होपले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कायल मेयर्सले ३५ रन बनाए । कप्तान रोभमान पावेलले नटआउट रहँदै ३१ रन तथा प्लेयर अफ द म्याच घोषित आन्द्रे रसलले २९ रन बनाउँदै टोलीलाई जीत दिलाए । इंग्ल्याण्डका लागि रेहान अहमदले ३ तथा आदिल रसिदले २ विकेट लिए ।
यसअघि इंग्ल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । इंग्ल्याण्डका लागि फिल साल्टले ४० तथा कप्तान जोस बटलरल ३९ रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले ३–३ विकेट लिए भने रोमारियो सेफर्डले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार