पुनरागमन गर्दै रियलको शत प्रतिशत रेकर्ड कायम
बर्लिन । युनियन बर्लिनविरुद्ध पुनरागमन गर्दै रियल मड्रिडले समूह चरणमा शत प्रतिशत रेकर्ड कायम राखेर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गोलकिपर फ्रेडरिक रोनोले लुका मोड्रिचको पेनाल्टी रोके लगत्तै बर्लिनले पहिलो हाफको अन्त्यतिर केभिन भोलान्डको गोलमा अग्रता लिएको थियो । मंगलबारको खेलमा जीत हासिल गरेको भए बर्लिन युरोपा लिगको प्लेअफमा पुग्ने थियो, तर स्टोक र न्युक्यासलका पूर्व स्ट्राइकर जोसेलुले दोस्रो हाफमा दुई गोल गर्दै रियललाई अग्रता दिलाए ।
एलेक्स क्रालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए पनि खेलको ८९ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा डानी सेबायोसले गोल गर्दै रियललाई जीत दिलाए ।
१४ पटकको विजेता रियलले समूह सीका सबै ६ खेलमा जीत हासिल गर्दै १८ अङ्क लिएर नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलीभन्दा रियल आठ अङ्कले अघि रह्यो । मंगलबार नै नापोलीले ब्रागालाई २–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत