भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध

भक्तपुर । भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
लशान नगरपालिका उपप्रमुख लेइ चियनसिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज समझदारीपत्रमा हस्ताक्षर गरेक हुन् । समझदारीअनुसार दुवै नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायत क्षेत्रमा सहयोग आदानप्रदान हुनेछ ।
लशान नगरपालिकाका उपप्रमुखले दुई नगरबीचको सहकार्यबाट आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
त्यसअघि चिनियाँ टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्र, ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको भ्रमण गरेकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा