मारुनी नृत्य संरक्षणमा कैलाशका बासिन्दा
मकवानपुर । पछिल्लो समय मारुनी नृत्य हराउँदै गएको छ । बढ्दो सहरीकरणका कारण सांस्कृतिक महत्त्व बोकेको मारुनी नृत्य लोप हुँदै गएको छ । विशेष गरी दसैँ/तिहारको बेलामा मगर संस्कृतिमा प्रचलित परम्परागत मारुनी नाच पछिल्लो समय लोप हुँदै गएको हो ।
मारुनी नाच प्रदर्शन गर्ने समुदायहरु दसैँको फूलपातीको दिन विशेष पूजा आजाका साथ नाच आरम्भ गर्छन् भने दसैँ र तिहारको समयमा देउसी, भैलो, खेल्दा मारुनी नाच प्रदर्शन गरिन्छ । चाडवाड सकिएपछि फेरि विशेष पूजाआजा गरेर नाच अन्त्य गरिन्छ ।
सांस्कृतिक महत्त्व बोकेको मारुनी नाच विगतमा मकवानपुरको गाउँ–गाउँमा नाच्ने गरिए पनि बिस्तारै हराउँदै गएको अवस्थामा मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नम्बर –१ र २ का युवा भने मारुनी नृत्यको संरक्षणमा जुटेका छन् ।
मारुनी भाका खस, मगर, कुम्हाल जातिमा प्रचलित छ । मारुनी नाचमा नयाँ पुस्ताको खासै रुचि छैन । यद्यपि कैलाश–१ र २ का युवाले समूह बनाएर मारुनी नृत्य नाच्ने गर्छन् । मारुनी नृत्यमा रामायण, महाभारत आदि धार्मिक ग्रन्थका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ ।
मारुनी नृत्य समूहका एक सदस्य हुन् कैलाश–१ का मनोज तामाङ । उनले मारुनी नृत्य नाच्न थालेको १० वर्ष भयो उनीसँगै अर्का युवाले पनि ५ वर्षदेखि मारुनी नृत्य नाच्दै आएका छन् । आफ्नो पारिवारिक सदस्यबाट नाच सिकेका उनीहरु संस्कृति र परम्परा जगेर्नामा जुटेका छन् ।
सोमबार दिउँसो १ बजेको समयमा कैलाश गाउँपालिका–१ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा मेलामा पुग्दा दुई युवा मारुनी नाच्दै गरेको भेटिए । उनीहरुसँग केही वृद्ध पनि मारुनीमा लय मिलाउँदै थिए । मारुनी नाचमा गाउने समूहमा केहीमात्र युवा देखिन्थे भने अधिकांश ६० वर्ष माथिका थिए ।
गलामा मादल भिरेर वृद्धहरु मारुनी नृत्यका लागि ताल मिलाउँदै गाइरहेका थिए भने मनोज सोही तालमा नाच्दै थिए । आफूले बुबाहरुको पुस्ताबाट मारुनी नाच सिकेको बताउने उनी आफूभन्दा पछिको पुस्ताले मारुनी नाच्न नै नचाहने गरेको गुनासो गर्छन् । यद्यपि मारुनीमा इच्छा देखाएका भाइबहिनीको समूह बनाएर नाच सिकाउने गरेको उनको भनाइ छ ।
चाडपर्व, मेला महोत्सव र सभा समारोहमा मारुनी नाच्न बोलाउने गर्दा आफूहरुले थोरै पारिश्रमिक लिएर नाच्ने गरेको उनले बताए । मारुनी नाचेर जीविकोपार्जन हुने अवस्था नरहेकाले पनि नयाँ पुस्ताको चासो कम रहेको उनको भनाइ छ ।
मारुनी नृत्यका लागि स्थानीय पालिकाले केही सहयोग गरे पनि जीविकोपार्जनमा अन्य पेसा व्यवसाय गर्नुपर्दा नाच्ने मानिसहरु नै नहुने अवस्थामा पुगेको मनोजले बताए ।
पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेका कारण मारुनी नाच लोप भएको मनोजको बुझाइ छ । उनका अनुसार बुढा बुबा–बाजेहरु मादल र खाँकर बजाउने तथा मारुनी गाउने समूहमा रहने गरेका छन् भने २ जना नाच्ने र ७/८ जना गाउने टोलीमा हुन्छन् । हाल आफ्नो मारुनी समूहमा ५ जना नाच्नेसहित गाउने र बजाउने गरी २५ जना रहेको उनको भनाइ छ ।
‘मारुनी नै यो नाचको मुख्य पात्र हुन् । मारुनी नाचका लागि २ जना मारुनी, तीन ३ मादले, एक जना खाँकर र ६ देखि १० जनाले मारुनी गीत गाउने प्रचलन छ । मारुनी गीतको मुख्य गायकलाई रौरा भनिन्छ,’ उनले भने, ‘मारुनी नाचको आफ्नै विधि र परम्परा छ । मारुनी नाच दसैँ, तिहार, देउसी, भैलीमा नाचिन्छ । २ जना पुरुष मानिसलाई महिलाको कपडा (चोलो, गुन्यु, चुरा, पोते, तिलहरी आदि), गहनाहरू पहि¥याएर मारुनी बनाइन्छ । मारुनीहरू मादलेसँगै अगाडि पछाडि घुमेर नाच्दछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने