एनएसएलमा झापाको पहिलो जित

काठमाडौँ । झापा एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।
झापाले मंगलबार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफको सम्भावना जीवितै राखेको हो ।
दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको झापाले पाँचौँ खेलमा पहिलो जित निकाल्यो । एक जित र तीन बराबरीबाट ६ अंक बटुल्दै झापा छैटौँ स्थानमा छ । यता, बुटवल भने दुई जित, एक बराबरी र तेस्रो हारसँगै सात अंकका साथ पाँचौँ स्थानमा छ । त्यसअघि खेलको पहिलो आक्रमण आठौँ मिनेटमा झापा एफसीले गर्यो ।
होर्गे सान्चेजले पेनाल्टी क्षेत्रबाट गरेको सट बुटवलका गोलकिपर मोहमोडुले रोके । लगत्तै काउन्टर अट्याकमा बुटवलका स्टेफन बिनोङको सट माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । बुटवलले १३औँ मिनेटमा गरेको आक्रमण दोस्रो बारमा ठोक्किएर फर्किन पुग्यो । बिनोङको पासमा सर्ज सङको पहिलो सट ठोकिएर फर्कियो । सोही बल नियन्त्रणमा लिँदै सङले गरेको अर्को सट भने झापाका गोलकिपर स्टेफन सुपिचले रोके । २०औँ मिनेटमा पेनाल्टी बक्स बाहिरबाट झापाका कप्तान अन्जन विष्टको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले उत्कृष्ट बचाउ गरे ।
सोही रिबाउन्डमा बलमा लक्ष्मण रुचाल वान भर्सेस वानमा गोल गर्न चुके । ३९ औ मिनेटमा सान्चेजको गोलाट झापाले अग्रता लियो । अञ्जन बिष्टको पास नियन्त्रणमा लिएका सान्चेज पेनाल्टी क्षेत्रमा दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे । त्यससँगै पहिलो हाफमा झापा १–० ले अगाडि रह्यो । ६१औँ मिनेटमा कप्तान अन्जनले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।
आभास लामिछानेको लामो पास नियन्त्रणमा लिएको अञ्जन करिब १५ यार्डबाट गोल गर्न असफल रहे । झापाका लागि ७६ औँ मिनेटमा प्रदीप लामाले अवसर खेर फाले । कप्तान अञ्जनले दिएको उत्कृष्ट पास पेनाल्टी क्षेत्रमा रहेका प्रदीपले सट प्रहार गर्न सकेनन् । ८०औँ मिनेटमा कप्तान अन्जनको स्थानमा उज्वल राई मैदानमा प्रवेश गरे । ८३ औँ मिनेटमा झापाको गोल गर्ने दुई अवसर सफल हुन सकेन । सान्चेजले लेफ्ट साइडबाट गरेको पहिलो प्रहार बुटवलका गोलकिपर मोहमोडुको हातमा टच हुँदै माथिल्लो बारमा लागेर फर्कियो ।
लगत्तै रिबाउन्ड बलमा समिराज थोकरको हेडमा मोहमोडुले रोके । ८९ औँ मिनेटमा बिनोङले बुटवलको खेलमा फर्कने अवसर खेर फाले । अशोक झापाको फ्रिकिकमा अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रमा छिरेका बिनोङ वान टच गोल गर्न चुके । इन्जरी समयको पहिलो मिनेटमा प्रदीप लामाले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन् । त्यससँगै बाँकी समयमा केही आक्रमण भएपनि थप गोल हुन सकेन र झापाले बुटवलमाथि साँघुरो जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’मा राजेश हमालको स्ट्यान्ड अप कमेडी
-
नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी