शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ह्वाइटहाउस पुगे युक्रेनका राष्ट्रपति जेलेन्स्की

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ३८
मङ्गलबार, २६ मङ्सिर २०८०

वाशिङ्टन डीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस आइपुगेका छन् । युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायता तत्कालै सुक्न सक्ने चेतावनी ह्वाइट हाउसले दिएकै बेलामा जेलेन्स्की अमेरिका आइपुगेका छन् ।

अमेरिकाको कंग्रेसमा युक्रेनलाई दिने भनिएको नयाँ सहायता सम्बन्धी वार्ता ठप्पै भएको छ । यस्तोमा राष्ट्रपति जो बाइडेनले एक्कासी जेलेन्स्कीलाई अमेरिका बोलाएका थिए । बाइडेनले युक्रेनलाई नयाँ सहायता अन्तर्गत करिब ६० अर्ब डलर उपलब्ध गराउन अनुरोध गरेका छन् । रिपब्लिकनहरुले भने यो अनुरोधलाई अमेरिकाको दक्षिण सीमाबाट भइरहेको आप्रवासन सीमित बनाउन नयाँ कठोर नियम ल्याउने साधनको रुपमा प्रयोग गर्न खोजेपछि समस्या उत्पन्न भएको हो ।

जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई नयाँ आर्थिक सहायताका लागि राजी गराउँछन् भन्ने आशा बाइडेनको टिमको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता जेलेन्स्कीले आर्थिक सहायता जुटाउन अन्तर्राष्ट्रिय संसद्, विधान सभा, सम्मेलन र अवार्ड शोहरुमा व्यापक रुपमा देखा परिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप