रुकुम पश्चिममा ३ हजार १६८ वटा अस्थायी आवास बनायौँ : माओवादी

सुर्खेत । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले तीन हजार १६८ वटा अस्थायी टहरा बनाएको दाबी गरेको छ । माओवादीका जिल्ला संयोजक गोविन्द रोक्काका अनुसार पालिकाहरूबाट प्राप्त विवरण अनुसार जिल्लाभर हालसम्म सो मात्रामा आवास निर्माण भएका हुन् ।
प्राप्त विवरण अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानोभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७, बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवासहरू निर्माण भएका छन् ।
सबैभन्दा बढी क्षति भएका आठबिसकोट, सानोभेरी र चौरजहारी नगरपालिका हुन् । यहाँ माओवादीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा सिङ्गो जिल्ला पार्टी नै भोलेन्टियरको रूपमा खटिएको छ । शर्माले ३ हजार बढी भोलेन्टियरको कमान्ड गरी आफैँ पनि आवास निर्माणमा खटिएका छन् । अहिले त्यहाँ अन्तबाट पनि नेता, कार्यकर्ताहरू खटिएका छन् भने अन्य राजनीतिक दलहरूले पनि अस्थायी आवास निर्माणको काम गरिरहेका छन् ।
मङ्सिर महिनाभित्रै नागरिकलाई त्रिपालमुक्त गराइने भनिए पनि त्यो मुस्किल पर्ने देखिन्छ । रुकुम पश्चिममा प्रारम्भिक तथ्याङ्क अनुसार ३२ हजार ८०७ घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म २५ हजार बराबरको प्रहरी मुचुल्का बनिसकेको छ भने अझै लगत सङ्कलनको काम बाँकी नै रहेको छ ।
रुकुम प्रशासनका अनुसार अहिलेसम्म १९ हजार बढी परिवारलाई अस्थायी आवासका लागि पहिलो किस्ता रकम पठाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना