विदेश पठाउन ‘फर्जी कागजात’ बनाएको आरोपमा ६ वटा ट्राभल्सका सञ्चालक पक्राउ

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।
पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोज कुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका राम प्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्त बहादुर थापा छन् ।
एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । सो प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी