चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे
मङ्गलबार, २६ मङ्सिर २०८०, १४ : ३२

मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।
अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो । उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो ।
गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुनः सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताए । मुगुम कार्मारोङ्ग–२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन