सेन्सर बोर्डले सालारलाई दियो ‘ए’ सर्टिफिकेट
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको आगामी फिल्म सालार डिसेम्बर २२ मा रिलिज हुँदैछ । २ घण्टा ५५ मिनेटको रन टाइम रहेको यो फिल्मलाई भारतको सेन्सर बोर्डले ‘ए’ (एडल्ट मात्र) सर्टिफिकेट दिएको छ । फिल्ममा कुटपिट र रक्तरञ्जितका दृश्यहरू भरपुर छन् । त्यसैले पनि फिल्मलाई ए प्रमाणपत्र दिइएको हो ।
हालै मात्र फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलरले फिल्ममा कस्ता एक्सन सिक्वेन्स देख्न पाइएला भन्ने झल्को दिएको छ । फिल्मको निर्देशन केजीएफ फ्रेन्चाइजीका निर्देशक प्रशान्त नीलले गरेका छन् । सालारको एक्सन केजीएफको भन्दा पनि माथिल्लो स्तरको हुने बताइएको छ । सालारको ट्रेलर डिसेम्बर १ मा रिलिज भएको थियो । ५ भाषाा रिलिज भएको ट्रेलरलाई २४ घन्टामा ११ करोड ६० लाख पटक हेरिएको थियो ।
छिमेकीको फिल्मसँग जुध्दैछ प्रभासको सालार
सालार र राजकुमार हिरानीले निर्देशन गरेको फिल्म डंकीसँग जुध्दैछ । डंकी डिसेम्बर २१ मा रिलिज हुँदैछ । हिरानी मुम्बईमा प्रभासका छिमेकी हुन् । फिल्म जुध्ने विषयमा दुवैले कुराकानी पनि गरेका थिए । तर फिल्मको रिलिजको काम प्रड्युसर्स र सम्बन्धित स्टुडियोले हेर्ने भएकोले यस मामिलामा प्रभास र हिरानी दुवैले केही पनि पनि गर्न सक्दैनन् ।
पहिलो पटक ५ भाषामा डबिङ गर्दैछन् पृथ्वीराज
सालारमा प्रभासको साथमा दक्षिण भारतका सुपरस्टार सुकुमारन पनि छन् । फिल्ममा यी दुई अति नै मिल्ने साथी देवा र वरदाको भूमिकामा देखिँदैछन् । पृथ्वीराजले हालै मात्र फिल्मको डबिङ पूरा गरेका छन् । यो फिल्मका लागि उनले ५ भाषामा डबिङ गर्नु पर्यो । आफ्नो करियरमा उनले एउटै फिल्म यति धेरै भाषामा डबिङ गरेका थिएनन् । यस्तो पहिलो पटक भएको उनले बताएका छन् । सालार डिसेम्बर २२ मा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै