रामग्रामलाई विश्वकै धार्मिक र सांस्कृतिक गन्तव्य बनाउन सकिन्छ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरर्पोट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् ।
‘नयाँ तरिकाले ब्राण्डिङ गर्न सके पर्यटकहरूलाई दुई/तीन हजार वर्षअघिको समय अनुभूत गराउन सकिनेछ । रामग्रामलाई ब्राण्डिङ गर्न सके धार्मिक सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ । बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरपोर्ट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् । मुख्य जिम्मेवारीको रूपमा यो एयरपोर्ट सञ्चालन गर्न नेपाल वायुसेवा निगमको जहाज आवश्यक छ’, मन्त्री किरातीले भने । उनले प्रधानमन्त्रीको नेतृत्वमा अब आर्थिक समृद्धि पुरा हुने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा