छिमेक लघुवित्तले गर्यो १५ प्रतिशत लाभांश घोषणा
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको २९६औँ बैठकले गरेको प्रस्तावअनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
असार मसान्तसम्मको अवधिमा छिमेक लघुवित्तको चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव सञ्चालक समितिले गरेको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यसअनुसार १४ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर र २८ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुनुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने