बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गुल्सन झा पनि सस्तैमा पेभेलियन फर्किए

मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : १६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो छैटौँ विकेट गुमाएको छ । 

छैटौँ विकेटका रुपमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अनुभवी ब्याट्सम्यान गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी आठ बलमा चार रन बनाउँदै आउट भए । उनलाई भारतीय बलर आराध्यले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले ९.५ ओभरमा केवल २१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप