प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राम स्तूपमा
मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ५२

बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनः स्थापन लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नेको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड यहाँ करिब २ घण्टा बस्ने छन्। उनले लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको गर्ने छन्।
नवलपरासी (पश्चिम) स्थित रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमपछि थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।