प्रधानमन्त्री प्रचण्ड नवलपरासी रामग्राम स्तूप आउँदै

बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नवलपरासी आउँदै छन्।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भको तयारी भएको छ।
उक्त परियोजना शुभारम्भ गर्नको लागि प्रधानमन्त्री आउँदै छन्। यस अघि हिजो साँझ नै संस्कृति मन्त्री सुदन किराँतले विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएका थिए।
नवलपरासी (पश्चिम) रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमबाट थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनमा सलमानको ‘सिकन्दर’को कमाई ५० करोड भारु
-
अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति
-
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि
-
मिशनमा भएको ढिलाईको जिम्मेवारी लिँदै फेरि चढ्न तयार भए सुनिता र विलमोर
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?