आईपीएल २०२४ को लिलामीका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामी प्रक्रियाका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक गरिएको छ । आईपीएल २०२४ लागि डिसेम्बर १९ मा दुबईमा खेलाडीहरुको लिलामी हुँदैछ ।
प्रारम्भिक १ हजार १६६ जना खेलाडीको सूचीबाट ३ सय ३३ जना खेलाडीलाई सर्टलिस्टमा राखिएको हो । यो सूचीमा २१४ जना खेलाडी भारतबाट रहेका छन् भने ११९ जना विदेशी खेलाडी छन् । यसमा २३ जना खेलाडी सबैभन्दा बढी २ करोड भारुको प्रारम्भिक मूल्यमा सूचीकृत रहेका छन् ।
एसोसिएट राष्ट्रबाट नेदरल्याण्ड्सका तीव्र गतिका बलर पाउल भान मेकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे मात्र रहेका छन् । आईपीएलका टोलीहरूसँग ७७ जना खेलाडी किन्ने ठाउँ बाँकी छ जसमध्ये विदेशी खेलाडीका लागि मात्र ३० स्थान खाली रहेको छ ।
आईपीएलका टोलीहरूमध्ये गुजरात टाइटन्ससँग खेलाडी खरिद गर्नका लागि सबैभन्दा बढी ३८.१५ करोड भारतीय रुपैयाँ रहेको छ भने दोस्रो स्थानमा सनराइजर्स हैदराबादसँग ३४ करोड तथा कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री