सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भिक्टर ओसिमहेन सन् २०२३ को अफ्रिकन वर्ष फुटबल खेलाडी घोषित

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ३१
मङ्गलबार, २६ मङ्सिर २०८०

नाइजर । नाइजेरियाका फरवार्ड भिक्टर ओसिमहेन सन् २०२३ को अफ्रिकन वर्ष फुटबल खेलाडी घोषित भएका छन् । माराकेशमा आयोजित कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (क्याफ) को पुरस्कार वितरण समारोहमा यो घोषणा गरिएको हो ।

नापोलीका खेलाडीले इजिप्टका मोहम्मद शालाह र मोरक्कोका अचरफ हाकिमीलाई उछिन्दै यो उपाधि हात पारेका हुन् । सन् १९९९ मा न्वानको कानुपछि यो उपाधि हासिल गर्ने उनी नाइजेरियाका पहिलो खेलाडी हुन् ।

सन् २०२२–२३ सिजनमा नापोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका २४ वर्षीय खेलाडीले यसपटक यो उपाधि जित्ने आङ्कलन गरिएको थियो । उनले ३२ खेलमा २६ गोल गर्दा नापोलीले ३३ वर्षमा पहिलोपटक इटालियन लिग जितेको थियो । गत महिना उनलाई इटालियन फुटबलर्स एसोसिएसन प्लेयर अफ द इयर अवार्डबाट पनि सम्मानित गरिएको थियो ।

त्यस्तै, नाइजेरियाकै आसिसाट ओसोआला उत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी छन् । बार्सिलोनाकी खेलाडीले यो उपाधि हात पारेको यो कीर्तिमानी छैटौँ पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप