रास्वपा संसदीय दलको बैठक : संसदीय दलको विधान सम्बन्धमा छलफल
सोमबार, २५ मङ्सिर २०८०, १९ : ५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।
सोमबार काठमाडौँमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले बैठकमा संसद्को आगामी अधिवेशनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताए ।
उनले भने, ‘हाम्रो दुई वटा एजेण्डा थिए । एउटा संसदीय दलको विधान सम्बन्धमा र अर्को संसद्को आगामी अधिवेशनको सम्बन्धमा तयारी के गर्ने कस्तो तयारी गर्ने भन्ने सन्दर्भमा छलफल गरेका छाँै ।’
बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको छ ।