नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि (सूचीसहित)
सोमबार, २५ मङ्सिर २०८०, १७ : ५८
![नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि (सूचीसहित)](https://rpcdn.ratopati.com/media/albums/swasthya_sewa_bhig_health_department_oHtZYhREdO.jpg)
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । अस्पताल नर्सिङ निरीक्षक, सिअनमी, स्टाफ नर्सको स्तरवृद्धि विभागले गरेको हो ।
अधिकृत छैटौँबाट अधिकृत सातौँमा स्तरवृद्धि गरिएको सूचनामा उल्लेख छ । यस्तै, सहायक पाँच तहबाट अधिकृत छैटौँमा स्तरवृद्धि गरिएको हो ।
स्तरवृद्धि निर्णयमा त्रुटि भएको पाइएमा सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने विभागको सूचनामा भनिएको छ ।